Total: 8 Records
फोटो रोगको नाम रोगको जीवाणु लक्षण व्यवस्थापन
कालो पोके Ustilaginoidea virens
  1. यो रोग सिंचित क्षेत्रमा बढि देखिन्छ । 
  2. दानामा खैरो हरियो र हरियो कालो पाउडर देखिन्छ जुन पछि गएर सम्पुर्ण बालामा देखिन्छ ।   
  1. बेभिष्टिन २–३ ग्राम प्रति लिटर पानीमा मिसाएर बीउ उपचार गर्ने ।  
  2. गाँज आउने वा बाला पसाउने बेलामा एक लिटर हेक्जाकोनाजोललाई प्रति लिटर पानीमा मिसाएर छर्ने  ।  
  3. क्लोरोथालोनील २ ग्रामलाई प्रति लिटर पानीमा मिसाएर छर्दा यसको सजिलै रोकथाम गर्न सकिन्छ ।  
ब्याक्टेरियल लिफ ब्लाइट रोग Xanthomonas oryzae pv oryzae
  1. पातको किनाराबाट लामो पहेंला वा खैरा रङ्गका नागबेली धर्साहरू देखिन्छन्, पात टुप्पोबाट सुकेर मर्दछ ।
  2. रोगको प्रकोप बढ्दै गएपछी गाज आई मर्न थाल्दछ ।
  1. रोग निरोधक जातहरू मकवानपुर-१, राधा-४, ७, ११, १२ स्वर्ण-२, स्वर्ण-१, सुख्खा-१,२ सावित्री, खजुरा-२, चैते-२, ४ लगाउने ।
  2. सिफारिस अनुसार रासायनिक मल हाल्ने । नाईट्रोजनयुक्त मल कम प्रयोग गर्ने । 
  3. रोग लागेको खेतमा केही दिन पानी सुकाई दिने । रोग लागेको खेतबाट सिंचाई नगर्ने ।
  4. एग्रिमाइसिन–१००, ०.२५ ग्राम प्रति लिटर पानीको झोलमा बीउलाई ३० मिनेटसम्म डुबाएर बीउ उपचार गर्ने ।
  5. गाईको ताजा गोबर ५० ग्राम प्रति लिटर पानीका दरले घोल पुरै बोटमा छर्ने ।
  6.  बीउको उपचार गरी मात्र बीउ छर्ने ।  
ब्लास्ट रोग Pyricularia oryzae
  1. पातमा स–साना सेता टीका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन् ।
  2. बाला मुन्तिरको डाँठको वरिपरी वा आँख्लामा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् । जसलाई नेक ब्लास्ट पनि भनिन्छ ।
  3. बाला मुन्तिरको डाँठको वरिपरी वा आँख्लमा खैरो रङ्ग भएको दाग पनि देखिन्छन् । बाला कमजोर भई भाँचिएर जान्छन् र प्रकोप धेरै भयो भने दाना नलाग्न पनि सक्छ वा दाना चाउरिएर जान्छ ।
  1. रोग निरोधक जातहरू लगाउने जस्तै खुमल-२, खुमल-५, खुमल-६, खुमल-७, खुमल-९, खुमल-१३ ।
  2. बेभिष्टिन वा डेरोसाल २–३ ग्राम प्रति किलोग्राम बीउका दरले बीउ उपचार गरी व्याड राख्ने ।
  3. सिफारिस अनुसार नाइट्रोजन मल प्रयोग गर्ने ।
  4. खेतमा पानी जमाई राख्ने ।
  5. Tricyclazole 75%WP (Baan, Logik, Trip, Trikaal) ०.७५ ग्राम प्रति लिटर वा Kasugamycin 3%SL (Kasu-b, KI-mycin) १.५ मि.लि. प्रति लिटर पानीमा, वा Hexaconazole 5% EC (Avon, Comfort, Ki Hexa, Hexa plus) २ ग्राम प्रति लिटर वा Kresoxim- methyl 44.3 SC (Ergon) १ मि.लि. प्रति लिटर पानीमा मिसाई १५ दिनको फरकमा २–३ पटक छर्कने ।
फेद कुहिने रोग Fusarium monoliforme
  1. रोगी बेर्ना/बोटहरु स्वस्थ बोट भन्दा अग्लो हुने, पहेलिने र अन्त्यमा कुहिएर मर्ने गर्दछन् । 
  2. रोगी बोटको तल्लो आख्लाबाट जरा निस्कन्छ। 
  3. ढुसीबाट सर्नेको हकमा औसत भन्दा अग्लो बोट देखिन्छ भने ब्याक्टेरियाबाट सर्नेको हकमा फिल्डमा रोगी बोट चलाउँदा नराम्रो किसिमकोे गन्ध निस्कन्छ। 
  1. रोगी बोट भएको खेतबाट बीउ संकलन नगर्ने ।
  2.  रोगको प्रकोप फैलन नदिन रोग्रस्त खेतको पानी अन्य निरागी खेतमा जान नदिने । 
  3. रोग देखिएको बोटमा नाइट्रोजनयुक्त रासायनिक मलको प्रयोग नगर्ने ।
  4. ब्याक्टेरियाबाट सर्ने यकिन भएमा एग्रीमाईसिन बिषादी १ देखी २ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको फेदमा पर्ने गरी छर्कने । 
  5. ढुसीबाट सर्ने यकिन भएमा कार्बेन्डाजिम ५० % WP १ देखी २ ग्राम प्रति लिटर पानीमा मिसाई छर्कने ।
  6. बेभीस्टिन (carbendizim) ३ ग्राम प्रति किलोग्राम बीउका दरले उपचार गरि मात्र ब्याड राख्ने।
पातको फेद डढुवा रोग Rhizoctonia solani
  1. यो रोग सिंचित क्षेत्रमा बढी देखिन्छ । 
  2. यो रोग धानको अधिकतम गाँज हाल्ने बेलामा बढी देखिन्छ ।
  3. पातको फेदमा अण्डाकार खैरा थोप्लाहरू भएपछि आकारमा वृद्धि हुँदै जान्छ र ढुसीको कालो गिर्खाहरू देखापर्दछ ।
  4. बोटको माथिल्लो भागमा समेत पुग्छ र सुकेर डढेको जस्तो देखिन्छ ।
  1. नाइट्रोजन मल सिफारिस मात्रा भन्दा बढी प्रयोग नगर्ने ।
  2. उन्नत जातको धान रोप्दा बोटदेखि बोटको दुरी बढाउने ।
  3. Validamycin 3%L (Sheathmar, Valigan, Ozoro) ३ ग्राम प्रति लिटर वा Pencycuron 22.9 SC (Monceren 250) १.५ मिलि लिटर प्रति लिटर पानीमा वा कार्वेन्डाजिम ५० प्रतिशत डव्लु.पी (वेभिष्टिन वा डेरोसाल) ढुसीनाशक विषादी १.५ ग्राम प्रति लिटर पानीको दरले मिसाई १०–१२ दिनको फरकमा २ पटक छर्ने ।
खैरा रोग जिङ्क तत्वको कमि
  1. तल्लो पातमा खैरा रंगका मसिना थोप्ला देखिएर बढ्दै गई एक आपसमा जोडिएर पुरा पात खैरो देखिन थाल्छ।
  2. बोटको वृद्धि कम भई होचो हुन्छ।
  3. यस्तो रोपाई गरेको एक वा दुइ हप्ता भन्दा पछि सुरु हुन्छ ।
  4. रोगि बोटको फेदतिरको पात पहेलिएर जान्छ । 
  5. बोटमा गाँज थपिने र बढ्ने क्रम रोकिन्छ ।  
  1. नाइट्रोजन र फस्फोरस मल सिफारिस मात्रा भन्दा बढि प्रयोग नगर्ने । 
  2. खेतमा पानी निकास राम्रो गर्ने ।
  3. ५ ग्राम जिङ्क सल्फेट २.५ ग्राम चुना १ लिटर पानीमा मिसाई २५-३० लिटर प्रति कट्ठाको दरले छर्ने वा चीला मिन २ ग्राम १ लिटर पानीमा मिसाई छर्ने ।
  4. जग्गामा कमि देखिएमा २०–२५ कि.ग्रा.प्रति हेक्टरका दरले प्रयोग गर्ने । 
  5. यसको लक्षण देखिएमा केहि दिनसम्म पानी सुकाउने ।  
उडबट्टा रोग Ephelis oryzae
  1. धानको बाला देखिने बेलामा खरानी रंगको मसिनो अगरबत्ती जस्तो देखिन्छ । 
  2. प्रकोप बढी भएको बोट होचो हुन्छ र दाना लाग्दैन ।
  1. रोगको अवरोधक वा रोग सहने जातको धान लगाउने ।
  2. धानको बिउ ५२ डिग्री सेल्सियसमा १० मिनट सम्म डुबाएर उपचार गर्ने ।
  3. बाली भित्र्याईसकेपछि सम्पूर्ण रोगी बोटका अवशेषहरु खेतबाट हटाउने ।
  4. विषादि वेभिष्टिन (carbendizim) ३ ग्राम प्रति किलोग्राम बिउका दरले व्याड राख्नु भन्दा पहिले उपचार गर्ने ।
  5. यदि शुरुमै धान खेतमा रोगी बोट देखिएमा तुरुन्तै हटाउने ।
खैरो थोप्ले रोग Bipolaris oryzae
  1. यो रोग खासगरि खाद्य तत्वको कमि हुने जग्गामा बढि मात्रामा देखिन्छ । 
  2. मौसम परिवर्तनले गर्दा बढी सुख्खा र तापक्रम बढि भएका ठाँउमा पनि यसको प्रकोप देखिन्छ ।
  3. पात वा धानका गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरू देखिन्छन् । 
  4. थोप्लाको केन्द्र भाग खरानी रंगको हुन्छ ।
  1. नाइट्रोजन, फस्फोरस र पोटास तत्वहरु संतुलित मात्रामा प्रयोग गर्ने । 
  2. वेभिष्टिन वा डेरोसाल २–३ ग्राम प्रति किलोग्राम बीउका दरले बीउ उपचार गरी व्याड राख्ने । 
  3. सिंचाई भएको ठाउँमा चैत्र महिनाको शुुरुमा नै सिफारिस गरिएका उन्नत जातका धानहरू रोप्ने ।
  4. मेन्कोजेव ७५ प्रतिशत डव्लु पि (डाइथेन एम–४५.) विषादी ३ ग्राम प्रति लिटर वा Propineb 70% WP (Antracol, Ki Antra, Antragold) ३ ग्राम प्रति लिटर पानीको दरले मिसाई १५ दिनको फरकमा ३ पटक छर्कने ।