Total: 7 Records
फोटो नाम क्षतिको लक्षण व्यवस्थापन पहिचान
रिट्ठे, ट्वाँटी र किर्थो किरा
  1. बिरुवाको कलिलो अवस्थामा माटो मुनि रहेको जरा र डाँठको भाग खाईदिन्छ र बिरुवाहरू मर्दछन् ।
  2. ट्वाँटी कीराले आलीमा दुलो पारेर पानी चुहिने समस्या पनि गराउँछन् । 
  1. खेतमा पानी पटाउने  । 
  2. सालिन्दा आक्रमण हुने खेतमा, रोपाई गर्नु अगावै क्लोरपाइरिफस १०% जी.आर ०.५ केजी (देभीवान) वा क्लोरपाइरिफस ४ जीआर ०.७५ केजी प्रति रोपनी वा क्लोरपाइरिफस २० ई.सी. (डर्सवान वा फिनेवान वा रुसवान ) नामक कीटनाशक विषादी १ मी.ली. प्रति लीटर पानीका दरले खेतमा पानी सुकाएर छर्ने ।
  1. वयस्क अवस्था चम्किलो कालो हुन्छ र लाभ्रे खैरो रङ्गको हुन्छ ।
  2. वयस्क र लाभ्रे दुवै माटो भित्र बस्दछन् ।
  3. यो कीराको खुट्टा बढी मोटो र बलिया नङग्रा भएका हुन्छन् भने कीर्थोमा साधारण उफ्रने किसिमका खुट्टा हुन्छन् । 
मिली बग
  1. बिरुवा रोगाउने, बढ्न नसक्ने, जिङरिङ्ग परेर पहेंलिन्छन् र बिरुवामा बाला लाग्दैन ।
  1.  खेतमा पानीको सतह बढाउने  ।
  2. खेतभित्र र वरीपरी रहेका घाँसपातहरू हटाउने  ।
  3. कीराको प्रकोप ज्यादा भएमा अन्तिम विकल्पको रुपमा गवारोमा वताइएका विषादी प्रयोग गर्ने  ।
  1. वयस्क सानो, गुलावी रङ्गको, नरम शरीर भएको, सेतो मैन जस्तो पदार्थले ढाकिएको हुन्छ ।
  2. कुनै पखेंटा भएका हुन्छन् भने कुनै पखेंटा विहिन हुन्छन् ।
फड्के किरा
  1. धानका बिरुवाहरू सुकेर मर्दछन् । 
  2. विरुवाहरू गाँजिन र बढ्न सक्दैनन् । 
  3. धानको बोटमा बाला नलागी पराल जस्तो भई बोट सुकेर जान्छ ।
  1. उपयुक्त जातको छनौट गर्ने । ढिलो लगाईएको भन्दा छिटो लगाईएको र ढिलो पाक्ने भन्दा छिटो पाक्ने धान बालीमा फड्के कीराको प्रकोप कम भएको पाईएको छ।
  2. गाँजको घनत्व कम गर्ने । धान रोप्ने समयमा प्रति गाँजमा २-३ वटा भन्दा बढी बेर्नाहरू नरोप्ने ।
  3. नाईट्रोजनयुक्त मलखादको उचित प्रयोग गर्ने ।
  4. समय समयमा गोडमेल तथा सरसफाई गरी कीराको वैकल्पिक आश्रयस्थल नष्ट गर्ने ।
  5. ३–४ दिनको फरकमा खेतमा पानीको सतह बढाउने घटाउने र सुकाउने गर्नुपर्छ ।
  6. धानखेतको पर्यावरणमा मित्रजीवको संख्या अत्यन्त कम वा शुन्य र शत्रुजीवको संख्या अत्यधिक रहेको समयमा अन्तिम विकल्पको रुपमा रासायनिक विषादीको प्रयोग गर्ने  दैहिक बिषादीहरू एसीफेट ७५% एस.पी (एसीफेट, आस्ताफ, लेन्सर) २ मिलि वा वुप्रोफेजिन २५% एस.सी (वुप्रोलोड, डेभिफेजिन) १.५ मिलि वा फिप्रोनिल ५% एससी (रिजेन्ट,स्टाल्कर,डेभिजेन्ट प्लस) २–३ मिलि वा इमिडाक्लाप्रीड १७.८ एस.एल प्रयोग गर्ने ।
  1. कुनै हरिया, कुनै सेता र कुनै खैरा किसिमका फुत्त फुत्त उफ्रने किसिमका मसिना कीराहरू हुन्छन् ।
पात बेरुवा
  1. पातलाई बेरेर भित्र पट्टि बसी पातको हरियो पदार्थ खाईदिन्छन् र पात सुक्दछन् ।
  1. धान रोप्ने बेलामा स्वस्थ र बलिया बेर्नाहरूको प्रयोग गर्ने ।
  2. नाईट्रोजनयूक्त मलको उचित प्रयोग गर्ने ।
  3. धानखेतको राम्ररी गोडमेल गर्ने ।
  4. काँडेदार डोरी लिई दुवैछेउमा समातेर खेतको दुई छेउमा बस्ने र धानलाई छुवाएर क्रमशः विपरित दिशातिर जाने  यसो गर्नाले धानको पातमा रहेका पात वेरुवाका लार्भाहरू पानीमा खसेर नष्ट हुन्छन् ।
  5. बि. टी. नामक जैविक विषादी १.५ मि.लि. प्रति लिटर पानीमा मिसाई खेतमा छर्कने । यसरी जैविक विषादी प्रयोग गर्दा प्रति हेक्टर जमिनमा ५००—६०० लीटर जैविक विषादी र पानीको झोल प्रयोग गर्ने ।
  6. प्रकोप बढी भएमा विषादी क्लोरोपाइरिफस २०% इसी (डर्सवान, डरमेट,फाइनवेन) १.२५ मिलि प्रति लि वा कार्वो सल्फान २५% इसी (मार्सल) १ मिलि प्रति लिटर कारटेप हाइड्रोक्लोराइड ४% जीआर (अनुदान, विदान, कीटाप, आदि) १ मिलि प्रति लिटर वा लाम्डासहोइलोथ्रिन ५ प्र. इसी (एजेन्ट प्लस, व्राभो ५०००, कराते, सूर्य एजेन्ट) ०.५ मिलि प्रति लिटर वा अजाडीराक्टीन ०.१५ प्र (मल्टीनेमोर, निकोनिम) ३–५ मिलि प्रति लिटर दरले छर्ने ।
  1. हल्का खैरो रङ्गका वयस्क पुतली हुन्छन् । पखेटामा दुईवटा बाङ्गा– टिङ्गा धर्साहरू हुन्छन् । लार्भा हल्का हरियो रङ्गका हुन्छन् । 
धानको पतेरो
  1. पातमा बढी आक्रमण भएमा बोट नै पहेंलिने हुन्छ र बालामा आक्रमण गरेको छ भने दानाहरूमा खैरो दाग देखिने, दानाहरू फोस्रा हुने अथवा आधा फोस्रिएका दाना हुने गर्दछ ।
  1. खेतभित्र तथा वरपरको झारपात गोडमेल गरी पतेरोको वैकल्पिक आश्रय स्थललाई नष्ट गर्ने ।
  2. एकै समय पाक्ने धानका जातहरू छनोट गरी लगाउने ।
  3. प्रकाश पासोको माध्यमबाट वयस्क कीरालाई मार्न सकिन्छ ।
  4. डर्टी ट्रयापको प्रयोग गर्ने । यसको लागि गाई भैंसीको ताजा पिसावमा कपडा वा जुटको वोरालाई भिजाएर एउटा घोचोको एक छेउमा बांध्ने र उक्त घोचोलाई धानबारीको बीचमा लगेर गाड्ने गर्नु पर्दछ । ट्रयापमा आकर्षित भएका पतेरोहरूलाई बाहिर पट्टिबाट प्लाष्टिकको झोलाले छोपी संकलन गरी मार्ने ।
  5. यो कीराको प्रकोप ज्यादा भएमा अन्तिम विकल्पको रुपमा कीटनाशक विषादी जस्तै मालाथियन ५० प्र. इसी (साइथियन, अनु मालाथियन,सूर्याथियन) २ मिलि प्रति लिटर अथवा साइपरमेथ्रिन २५ प्र. इसी (अनुकील, साइपरसीड, केआइ साइपर) वा अथवा फेन्भेलेरेट २० प्र इसी (अनुफेन, फेनभल, कीफेन ) ०.५ मिलि प्रति लीटर पानीका दरले कुनै एक विषादी विरुवा राम्ररी भिज्ने गरी छर्नुपर्दछ।
  1. वयस्क पतेरो खैरोमा हरियो मिसिएको हुन्छ भने बच्चा पतेरो हरियो हुन्छ ।
  2. यसलाई समातेर विस्तारै थिच्दा नराम्रो गन्ध छोड्छ । 
धानको काडेदार खपटे किरा
  1. यसले नोक्सान पुर्याएको पातमा सेता धर्साहरू र सेता धब्बाहरू देखिन्छन् ।
  1. बेर्नाको पातको टुप्पोमा देखिएका फुलहरूलाई पातको टुप्पो चुँडेर नष्ट गर्ने ।
  2. व्याडमा टम्म पानी जमाएर पानीमा उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्ने ।
  3. प्रकोप बढी भएमा अन्तिम विकल्पको रुपमा बजारमा सजिलैसँग उपलब्ध हुने सम्र्पक विषादी क्लोरीपाइरिफस २०% इसी (डर्सवान,डरमेट,फाइनवेन) १.२५ मिलि प्रति लि. वा लाम्डासाइहेलोथ्रिन ५% इसी (एजेन्ट प्लस, व्राभो ५०००, कराते, सूर्य एजेन्ट) ०.५ मिलि प्रति लिटर वा मालाथियन ५०% इसी(साइथियन, अनु मालाथियन, सूर्याथियन) १.५ मिलि प्रति लिटर पानीमा मिसाइ छर्ने ।
  1. वयस्क खपटे कीरा निलो–कालो रङ्गको काँडादार पँखेटा भएको हुन्छ ।
गवारो
  1. बिरुवाको कलिलो अवस्थामा आक्रमण भएमा मृत गावा देखिन्छन्।
  2. यदि विरुवाको फूल फुल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो वाला देखिन्छन् ।
  1. गवारोको क्षति कम गर्न हरेक वर्ष धान काटी सकेपछि रहेको सम्पूर्ण ठूटा निकाली जलाइ दिने अथवा ठूटा डुब्ने गरी पानी पटाइ दिने अथवा धान काटेपछि खेतलाई जोतिदिने ।
  2. बेर्नाको पातको टुप्पोमा देखिएका फुलहरूलाई पातको टुप्पो चुँडेर नष्ट गर्ने ।
  3. प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने ।
  4. ट्राइकोग्रामा परजीवी कीरा ५०,०००–१,००,००० प्रति हेक्टरका दरले रोपाइ गरेको ३–४ हप्ता पछि छाड्ने ।
  5. धानखेतको आलीमा भटमास लगाउने ।
  6. व्यासीलस थुरीनजियन्सीस ३ ग्राम प्रति लिटर पानीका दरले छर्कने ।
  7. गवारोहरूको धेरै प्रकोप भएको खेतमा कार्वोफ्यूरान (फ्यूराडन, डाइफयूरान, की फयूरान आदि) वा कारटेप हाइड्रोक्लोराइड ४% जीआर (अनुदान, विदान, कीटाप, आदि) वा फिप्रोनिल ०.३% जीआर(रीफ्री, रिजेन्ट, टाटाजेन्ट आदि) दाना विषादी कुनै एक १.२५ के.जी. प्रति रोपनीका दरले वा क्लोरानट्रानीलीप्रोल ०.४% जिआर (फेरटेरा) खेतमा छिपछिपे पानी जमाइ छर्ने । विषादी छरेपछि ४ दिनसम्म खेतबाट पानी बग्न दिनु हुँदैन ।
  8. माकुरा, लामा सिंगे फट्याङग्रा जस्ता मित्रजीवको संरक्षण गर्ने ।
  1. वयस्क अवस्थामा विभिन्न आकार प्रकारका पुतली हुन्छन् ।
  2. लाभ्रेहरू फिका पहेंला अथवा गुलावी रङ्गका अथवा शरीरमा धर्का भएका हुन्छन् र यिनीहरू विरुवाको डाँठभित्र रहन्छन् ।