कृषि मौसम सल्लाह बुलेटिन ( १७-२३ असार, २०७९)

कृषि सारांश:
  •  २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्। हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखी हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
  •  रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी. प्रति रोपनी वा ०.६ के.जी. प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
मौसमी सारांश:
  •  गत साता देशभर नै धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। प्रदेश नं-१ को झापा जिल्लामा रहेको गैडाँ (कन्काई) केन्द्रमा २४९ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम १० डि.से. भन्दा बढी मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
  •  यो वर्षको मनसुन पश्चिमतिर फैलने क्रममा रहेको छ।
  • साताभरी देशका धेरै भू-भागमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। पहाडी भू-भागमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको समेत संभावना रहेको छ।
  •  अधिकतम तापक्रममा केही गिरावट आउने छ भने न्यूनतम तापक्रममा खासै परिवर्तन हुनेछैन।