कृषि मौसम सल्लाह बुलेटिन (२७ साउन-२ भदौ, २०७९)
कृषि सारांश:
- वर्षे धानको टपड्रेसको लागि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस युरियाको मात्रा प्रयोग गर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गर्नुहोस्। गबारो कीराले पातको टुप्पोको तल्लो भागमा अण्डा पार्ने भएकोले अवलोकन गरी नष्ट गर्नुहोस्।
- धानबालीमा मरुवा (Blast) रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। सिन्धुपाल्चोक जिल्लामा रहेको बाह्रविसे केन्द्रमा सबैभन्दा बढी ३३४.१ मि.मि. वर्षा मापन भएको छ। देशको धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम ५ डि.से. भन्दा बढी मापन गरिएको छ। तराईका केही भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम र २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- साताभरि नै आंशिक देखि सामान्य बदली रहने संभावना रहेको छ।
- देशभरि हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।
- देशका पहाडी भू-भाग लगायत सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक वा दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।
- देशका अधिकांश भू-भागमा अधिकतम तापक्रम बढ्ने र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना रहेको छ। तराई भूभागमा न्यूनतम तापक्रम समेत बढ्ने संभावना रहेको छ।