कृषि मौसम सल्लाह बुलेटिन (असोज २८ - ३ कार्तिक, २०७९)

कृषि सारांश:
  • धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • धान काट्ने कार्यमा लाग्ने खर्च र समय बचत गर्न उपलब्ध मेसिनहरु प्रयोग गर्नुहोस्।
  • धानबालीमा खैरो फड्के कीराको प्रकोप देखिएमा इमिडाक्लोपिड १७.८ एस.सी. ४-८ एम.एल. वा थायोमिथोक्जाम २५% एस.जी. ३.२-५ ग्राम प्रति १६ लिटर पानीमा मिसाएर बोटको तल्लो भागमा पर्नेगरि छर्कनुहोस्।
मौसमी सारांश:
  • गत साता देशभर बर्षा भएको छ भने अधिकांश केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। लुम्बिनी प्रदेशको बाँके जिल्लामा रहेको नेपालगंज एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ४१०.2 मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा 2० डि.से. भन्दा बढी साथै मधेश प्रदेशको सिराहा जिल्लामा रहेको सिराहा केन्द्रमा सबैभन्दा बढी ३३.९ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ६.६ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शूरु र अन्त्यतिर प्रदेश नं-१, मधेश प्रदेश लगायत थोरै पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेता पनि बाँकी स्थानहरुको मौसम सामान्यतया सफा रहने संभावना छ।
  • साताको शुरु र अन्त्यतिर प्रदेश नं-१, मधेश प्रदेश लगायत थोरै पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
  • आगामी साता घाम लागेसँगै देशको धेरै स्थानहरुको दिउँसोको अधिकतम तापक्रममा