कृषि मौसम सल्लाह बुलेटिन (११-१७ कार्तिक, २०७९)

कृषि सारांश:
धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
मौसमी सारांश:
  • गत साता देशको केही भू-भागहरुमा बर्षा मापन भएको छ भने अधिकांश केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। सुदूरपश्चिम प्रदेशको धनगढी जिल्लामा रहेको धनगढी केन्द्रमा सबैभन्दा बढी २.६ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा 2० डि.से. भन्दा बढी साथै प्रदेश नं-१ को सुनसरी जिल्लामा रहेको चतारा केन्द्रमा सबैभन्दा बढी ३४ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम शुन्य डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • हिमाली भू-भागहरूमा हल्का हिमपातको संभावना छ। पहाडी भू-भागहरूमा छिटपुट देखि हल्का वर्षाको संभावना छ। तराई भूभागहरूमा वर्षाको न्यून संभावना छ।
  • प्रदेश नं-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भू-भागमा साताको अन्त्यमा आंशिक देखि सामान्य बदली रहने संभावना छ।
  • आगामी साता अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।