कृषि मौसम सल्लाह बुलेटिन (२५ कार्तिक-१ मङ्सिर, २०७९)
कृषि सारांश:
- धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
- कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्। साथै यस्ता खेतमा टर्बो सिडर प्रयोग गरी गहुँ छरी लागत खर्च घटाउनुहोस्।
मौसमी सारांश:
- गत साता लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै भू-भागहरुमा ५ मि.मि. भन्दा कम बर्षा मापन भएको छ भने कर्णाली प्रदेशको रुकुम पश्चिम जिल्लामा रहेको मुसिकोट, रुकुमकोट केन्द्रमा सबैभन्दा बढी 7.3 मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा 2५ डि.से. भन्दा बढी साथै प्रदेश नं-१ को सुनसरी जिल्लामा रहेको चतारा केन्द्रमा सबैभन्दा बढी ३2.1 डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -३.७ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- हिमाली भू-भागहरूको मौसममा साताको शुरु र मध्यतिर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको संभावना छ।
- देशका पहाडी भू-भागको मौसममा साताको शुरु र मध्यतिर आंशिक देखि मौसम सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ ।
- देशको तराई भू-भागको मौसममा साताभरी नै आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
- देशको धेरैजसो स्थानहरुको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।