कृषि मौसम सल्लाह बुलेटिन (२३-२९ मङ्सिर, २०७९)

कृषि सारांश:
मौसमी सारांश:
  • गत साता देशको कुनै पनि स्थानमा वर्षा मापन भएको छैन। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा २५.0 डि.से. भन्दा बढी तथा तराईका १/२ भू-भागमा ३०.0 डि.से. भन्दा बढी तापक्रम मापन गरिएको छ। प्रदेश १ को सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी ३१.२ डि.से. तापक्रम मापन गरिएको छ।
  • तराईको अधिकांश भू-भागहरुमा १५.० डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ भने पश्चिमि क्षेत्रको उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा ०.० डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -५.६ डि.से. तापक्रम मापन भएको छ।
  • साताको शुरूमा प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। साताको मध्य र अन्त्यमा आंशिक बदली रहने छ। बाँकी प्रदेशहरूमा साता भरि नै मौसम सामान्यतया सफा रहने छ ।
  • साताको सुरुमा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ ।
  • देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना रहेको छ।
  • बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेको छ।