कृषि मौसम सल्लाह बुलेटिन (८-१४ पौष, २०७९)

कृषि सारांश:
मौसमी सारांश:
  • ७४ वटा मौसम केन्द्रहरुमा मापन गरिएको साप्ताहिक कुल वर्षाको तथ्याङ्क अनुसार कुनैपनि केन्द्रमा वर्षा मापन भएको छैन। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा २० डि.से. भन्दा बढी मापन गरिएको छ। प्रदेश नं-१ को सुनसरी जिल्लामा रहेको चतारा केन्द्रमा सबैभन्दा बढी २८.६ डि.से. तापक्रम मापन गरिएको छ। तराईको अधिकांश भू-भागहरुमा १५ डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ भने पश्चिमी क्षेत्रको तराईको भू-भागहरुमा १०.० डि.से. भन्दा कम र उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा शुन्य डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -५.५ डि.से. तापक्रम मापन भएको छ।
  • गत साता तराईका बिभिन्न स्थानहरुमा बिहानी पख हुस्सु/कुहिरो देखा परेको थियो।
  • देशका धेरै भू-भागमा साताको सुरुवातमा सामान्य बदलीको संभावना छ।
  • हिमाली भू-भागमा साताको शुरू र मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपात को संभावना छ।
  • प्रदेश नं-१, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा साताको सुरुवातमा हल्का वर्षाको संभावना छ।
  • प्रदेश नं-१, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका तराई भूभाग लगायत मधेश प्रदेशमा साताको सुरुवातमा हल्का वर्षाको संभावना छ।
  • देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ। तराई भू-भागमा साताभर बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना छ।