कृषि मौसम सल्लाह बुलेटिन (2-8 वैशाख, २०७९)
कृषि सारांश:
- जुम्ला लगायतका उच्च पहाडी क्षेत्रमा वर्षे धानको ब्याड राख्ने समय भएकोले लेकाली धान-१, लेकाली धान-३, चन्दननाथ-१ र चन्दननाथ-३ मध्ये उपलब्ध जातको बीउ २.५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशको धेरैजसो भू-भागहरुमा वर्षा मापन भएको छ। गण्डकी प्रदेशको लमजुङ जिल्लामा रहेको खैरीनिटार केन्द्रमा ९६.३ मि.मि. वर्षा मापन भएको छ। देशको उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम २५ डि.से. भन्दा कम मापन गरिएको छ। साथै, तराईको धेरैजसो भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- हिमाली भूभाग: प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको अन्त्यमा सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरु र अन्त्यमा आंशिक देखि सामान्य बदली रहनेछ। थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ।
- पहाडी भूभाग: प्रदेश नं-१ र गण्डकी प्रदेशमा साताको अन्त्यमा सामान्य देखि पूर्ण बदली रहनेछ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा आंशिक देखि सामान्य बदली रहनेछ। केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
- तराई भूभाग: प्रदेश नं-१, मधेश प्रदेश र बागमती प्रदेशमा साताको अन्त्यमा आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा आंशिक बदली रहनेछ। एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको संभावना छ।
- हिमाली तथा पहाडी भूभागमा अधिकतम तथा न्यूनतम तापक्रममा कुनै उल्लेखनीय परिवर्तन नहुने तर तराई भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम दुबै केही बढ्ने संभावना रहेको छ।