कृषि मौसम सल्लाह बुलेटिन (२-८ वैशाख, २०७९)

कृषि सारांश:
  1. जुम्ला लगायतका उच्च पहाडी क्षेत्रमा वर्षे धानको ब्याड राख्ने समय भएकोले लेकाली धान-१, लेकाली धान-३, चन्दननाथ-१ र चन्दननाथ-३ मध्ये उपलब्ध जातको बीउ २.५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्।
मौसमी सारांश:
  1. गत साता देशको धेरैजसो भू-भागहरुमा वर्षा मापन भएको छ। गण्डकी प्रदेशको लमजुङ जिल्लामा रहेको खैरीनिटार केन्द्रमा ९६.३ मि.मि. वर्षा मापन भएको छ। देशको उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम २५ डि.से. भन्दा कम मापन गरिएको छ। साथै, तराईको धेरैजसो भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। 
  2. हिमाली भूभाग: प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको अन्त्यमा सामान्य देखि पूर्ण बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साताको शुरु र अन्त्यमा आंशिक देखि सामान्य बदली रहनेछ। थोरै स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ।
  3. पहाडी भूभाग: प्रदेश नं-१ र गण्डकी प्रदेशमा साताको अन्त्यमा सामान्य देखि पूर्ण बदली रहनेछ। बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा आंशिक देखि सामान्य बदली रहनेछ। केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
  4. तराई भूभाग: प्रदेश नं-१, मधेश प्रदेश र बागमती प्रदेशमा साताको अन्त्यमा आंशिक देखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको अन्त्यमा आंशिक बदली रहनेछ। एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित छिटपुट देखि हल्का वर्षाको संभावना छ।
  5. हिमाली तथा पहाडी भूभागमा अधिकतम तथा न्यूनतम तापक्रममा कुनै उल्लेखनीय परिवर्तन नहुने तर तराई भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम दुबै केही बढ्ने संभावना रहेको छ।