कृषि मौसम सल्लाह बुलेटिन (९-१५ वैशाख,२०७९)
कृषि सारांश:
मौसमी सारांश:
- गत साता देशको धेरैजसो भू-भागहरुमा वर्षा मापन भएको छ। गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा रहेको स्याङ्जा केन्द्रमा सबैभन्दा बढी ५९.२ मि.मी. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम २० डि.से. भन्दा कम मापन गरिएको छ। साथै तराईका धेरैजसो भू-भागहरुमा ३५.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- हिमाली भूभाग: साताको शुरु र मध्यमा आंशिक बदली। साताको अन्त्यमा सामान्यतया सफा। साताको शुरु र मध्यमा थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
- पहाडी भूभाग: साताको शुरुमा आंशिक देखि सामान्य बदली। साताको मध्य र अन्त्यमा आंशिक बदली देखि सामान्यतया सफा रहने सम्भावना छ। साताको शुरुमा थोरै र साताको मध्य र अन्त्यमा एक-दुई स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
- तराई भूभाग: साताको शुरुमा आंशिक बदली रहि साताको मध्य र अन्त्यमा सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भूभागमा साताको अन्त्यमा र अन्य तराई भूभागमा साताको शुरुमा एक-दुई स्थानमा मेघगर्जन सहित छिटपुट वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा हावाहुरीको सम्भावना रहेको छ।
- हिमाली भूभागमा अधिकतम तथा न्यूनतम तापक्रममा कुनै उल्लेखनीय परिवर्तन नहुने तर पहाड र तराईका भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम दुबै केही बढ्ने सम्भावना रहेको छ।