कृषि मौसम सल्लाह बुलेटिन (२३-२९ वैशाख, २०७९)
कृषि सारांश:
- चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा मालाथियन ५०% ई.सी. वा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशको अधिकांश भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। मधेस प्रदेशको बारा जिल्लामा रहेको सिमरा एयरपोर्ट केन्द्रमा १६१.० मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५.0 डि.से. भन्दा बढी र न्युनतम तापक्रम २०.0 डि.से. भन्दा कम मापन गरिएको छ। साथै सुदुर पश्चिम र लुम्बिनी प्रदेशका धेरैजसो तराईका भू-भागहरुमा बाहेक तराईको भू-भागहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भेगमा साताको शुरु तथा अन्त्यमा थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना र साताको मध्यमा एक वा दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको हिमाली भेगमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
- प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागमा साताको शुरु र अन्त्यमा केही स्थानहरुमा र साताको मध्यमा एक वा दुई स्थानमा र गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
- प्रदेश नं. १, बागमती, गण्डकी र मधेश प्रदेशका तराईका भू-भागहरुमा साताको शुरू र अन्त्यमा थोरै स्थानहरुमा र मध्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको तथा लुम्बिनी र सुदुर पश्चिम प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
- देशका अधिकांस भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ।