कृषि मौसम सल्लाह बुलेटिन (३० वैशाख - ५ जेष्ठ,२०७९)
कृषि सारांश:
- चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा मालाथियन ५०% ई.सी. वा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि वीम वा अन्य कुनै ट्राइसाइक्ल्याजोल युक्त विषादी १ ग्राम प्रति लिटर पानीको दरले वा कासु वी २ मिलिलिटर प्रति लिटर पानीमा मिसाई ७-१० दिनको अन्तरालमा २ पटक छर्नुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफुले लगाउन चाहेको ठाँउ अनुसारको सिफारिस गरिएका धानका उन्नत जातको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशको अधिकांश भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। प्रदेश नं. १ को सुनसरी जिल्लामा रहेको तरहरा केन्द्रमा सबैभन्दा बढी ९८.६ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५.० डि.से. भन्दा बढी र न्यूनतम तापक्रम २०.० डि.से. भन्दा कम मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा भू-भागहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- प्रदेश नं.१ र बागमती प्रदेशका केही स्थानहरु र गण्डकी प्रदेश, कर्णाली प्रदेश एंव सुदुरपश्चिम प्रदेशको हिमाली भेगका थोरै स्थानहरुमा साताको शुरु र मध्यमा साथै साताको अन्त्यमा प्रदेश नं.१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको हिमाली भेगका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
- प्रदेश नं.१ को पहाडी भू-भागमा साताको शुरु र मध्यमा केहि र बागमती प्रदेश एंव गण्डकी प्रदेशमा साताको शुरुमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साताको शुरुमा र मध्यमा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र साताको अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश को पहाडी भू-भागमा साताको शुरुमा थोरै स्थानहरूमा र मध्य र अन्त्यमा एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
- प्रदेश नं.१ र मधेश प्रदेशका तराईका भूभाग हरुमा साताको शुरु र अन्त्यमा एक दुई स्थानहरूमा हल्का वर्षाको र मध्यमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका भू-भागहरुमा साताको शुरु, मध्य र अन्त्यमा थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशका तराईका भू-भागहरुमा एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। सुदुरपश्चिम प्रदेशको तराईका भू-भागहरुमा साताको मध्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
- देशका अधिकांस भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर पश्चिमी भू-भागका एक वा दुई स्थानमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ।