कृषि मौसम सल्लाह बुलेटिन (१३-१९ जेष्ठ, २०७९)
कृषि सारांश:
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरुको ब्याड राख्नुहोस् ।
- वर्षे धानको ब्याड तयारीको लागि राम्ररी पाकेको गोबरमल/कम्पोस्ट मल २०-२५ डोको प्रति कट्ठा वा ३०-३५ डोको प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाई १.६ के.जी. बीउ प्रति कट्ठा वा २.५ के.जी. बीउ प्रति रोपनीका दरले (१० वर्ग मिटरमा १ के.जी. बीउका दरले) प्रयोग गर्नुहोस्।
- चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा मालाथियन ५०% ई.सी. वा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि वीम वा अन्य कुनै ट्राइसाइक्ल्याजोल युक्त विषादी १ ग्राम प्रति लिटर पानीको दरले वा कासु वी २ मिलिलिटर प्रति लिटर पानीमा मिसाई ७-१० दिनको अन्तरालमा २ पटक छर्नुहोस्।
मौसमी सारांश:
- गत साता देशभर नै वर्षा मापन भएको छ। वर्षा मापन भएका धेरैजसो केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ । मधेस प्रदेशको सर्लाही जिल्लामा रहेको मनुस्मारा केन्द्रमा १३६.८ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५.० डि.से. भन्दा बढी र न्युनतम तापक्रम २०.० डि.से. भन्दा कम मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भेगमा साताको मध्यमा थोरै र साताको शुरुमा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा / हिमपातको सम्भावना र साताको अन्त्यमा एक वा दुई स्थानमा हल्का वर्षा /हिमपातको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको हिमाली भेगमामा साताको शुरु र मध्यमा एक वा दुई स्थानमा हल्का वर्षा / हिमपातको सम्भावना छ ।
- प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा साताको शुरु र मध्यमा केही स्थानहरुमा र साताको अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा साताको शुरु मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन /चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
- प्रदेश नं. १ र बागमती प्रदेशका तराईका भू-भागहरुमा साताको शुरू र अन्त्यमा थोरै स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको र अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।मधेस र गण्डकी प्रदेशमा साताको मध्यमा थोरै स्थानहरूमा र साताको शुरू र मध्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र सुदुर पश्चिम प्रदेशमा साताको शुरु र मध्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ। • प्रदेश नं. १, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका तराई भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ